Madhes Khabar
समाज

वीरगन्ज सामाजिक संस्था महासंघ गठन, अध्यक्षमा किशन र सचिवमा बिक्की चयन

वीरगन्ज,१३असाेज: वीरगन्जमा रहेका सामाजिक संघ संस्थाका प्रतिनीधिहरुकाे शनिबार सम्पन्न भेलाले वीरगन्ज सामाजिक संस्था महासंघ गठन गरेकाे छ ।वीरगनणज पब्लिक कलेजको सभा कक्षमा आयाेजित भएको भेलाले किशन सर्राफको अध्यक्षतामा महासंघ गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा सानु गुप्ता र खुशी रौनियार, सचिवमा बिक्की सर्राफ, सहसचिवमा आदर्श ठाकुर, कोषाध्यक्षमा राज साह र सहकोषाध्यक्षमा ऋषु बर्मा चयन भएका छन् ।

यस्तै महासंघको प्रशासन प्रमुखको जिम्मेवारी ओम कुमार झालाई दिइएको छ । सिद्धार्थ गुप्ताले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने विवेक झालाई प्रवक्ता तोकिएको छ । सहसंयोजक सुजल ठाकुर रहनेछन् भने सदस्य संयोजकमा नीतीश वर्णवाल र कार्यक्रम संयोजकमा बिक्की गुप्ता चयन भएका छन् ।

Related posts

वीरगन्जमा चिकित्सक श्रीमति संघले आयोजना गरेको कार्यक्रममा २५ जनाद्वारा रक्तदान

MadhesKhabar

वीरगन्जमा प्रदीप खण्डेलवाल ट्रष्टको वार्षिकोत्सवमा १०४ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जको इनर्वाका एक अशक्त व्याक्तिलाई ह्वील चेयर सहयोग

MadhesKhabar

Leave a Comment