Madhes Khabar
स्थानिय

मलंगवा घटनाका घाइते यादवकाे उपचार खर्च नि:शुल्क गर्न सरकारसंग सांसद चाैरसियाकाे आग्रह

वीरगन्ज,९असाेज: सर्लाहीको मलंगवा घटनामा छुरा प्रहारकाट गम्भीर घाइते भई उपचार गराइरहेका रुपेश यादवकाे उपचारकाे सम्पुर्ण खर्च नि:शुल्क गराउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चाैरसियाले सरकारसंग आग्रह गरेका छन् ।

मलंगवामा गत बिहीबार गणेश चतुर्थीकाे मुर्ति सेलाउने क्रममा दुई फरक धर्मका समुदायबिच भएकाे झडपमा छुरा प्रहारबाट घाइते भएका यादवकाे वीरगन्जस्थित बयाेधा मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

मंगलबार पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यसमेत रहेका चाैरसियाले काठमाडौंमा स्वास्थ्य मन्त्री माेहन बस्नेतलाई नै भेटेर यादवकाे सम्पुर्ण उपचार खर्च नि:शुल्क गर्न र उपचारमा कुनै लापरबाही नगर्न आग्रह गरेका हुन् ।

यसका साथै चाैरसियाले देशका विभिन्न स्थानमा डाक्टरहरुमाथि भएकाे आक्रमण घटनाका दाेषीलाई कारबाही गर्नपनि मन्त्री बस्नेतसंग आग्रह गरे ।

जवाफमा स्वास्थ्य मन्त्री बस्नेतले मलंगवा घटनाका घाइते यादवकाे उपचारमा कुनै लापरवाही नहुने र सम्पुर्ण उपचार खर्च नि:शुल्क गरिने प्रतिबद्धता जनाए ।साथै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग परामर्श गरेर डाक्टरहरुमाथि भएका दुर्व्यहारका घटनाबारे ध्यानाकर्षण गराएर डाक्टरहरुकाे सुरक्षाका लागि आवश्यक प्रकृया तत्काल अगाडि बढाउने आश्वासनपनि दिए।

त्यसअवसरमा कांग्रेस पर्साका युवा नेता धिरज गुप्ता, हिन्दुवादी नेता अभिषेक तिवारी लगायतकाेपनि उपस्थिति थियाे ।

Related posts

चोरीको चुरोट किनेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा, छोरा प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जको मेयरमा दलबदलु दुइ उम्मेदवार बिच नै मुख्य भिडन्त

MadhesKhabar

वीरगन्जमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन

MadhesKhabar

Leave a Comment