Madhes Khabar
राजनीति

मुस्लिम संघको केन्द्रिय उपाध्यक्षमा वीरगन्जका साहबुद्धिन निर्विरोध निर्वाचित

वीरगन्ज,९असोज : नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रिय उपाध्यक्षमा वीरगन्जका महम्मद साहबुद्धिन निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा सोमबार सम्पन्न मुस्लिम संघको तेश्रो महाधिवेशनबाट संघको केन्द्रिय उपाध्यक्षमा साहबुद्धिन निर्विरोध निर्वाचित भएका हुन् ।पर्सा क्षेत्र नम्बर २ को कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका साहबुद्धिन , गिरिजाप्रसाद कोइराला फाउन्डेसनका मधेस प्रदेश अध्यक्षपनि हुन् ।

मुस्लिम संघको केन्द्रिय अध्यक्षमा अतावुल मन्सुरीपनि निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनलेपनि मनोनयन दर्ता गराएका थिए । तर सहमतिका लागि भन्दै निजामुद्दिनले समर्थन गरेपछि मन्सुरी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यस्तै संघको अर्को उपाध्यक्षमा अहमद हुसेन, महासचिवमा प्रवेज आलम अन्सारी, सचिवमा मो. अखतर शाकिर,कोषाध्यक्ष पदमा अब्दुल करिम निर्वाचित भएका छन् ।

संघको केन्द्रिय सदस्यमा पर्साबाट शहरुम राउत गदी, जमिला खातुन र साबिर हुसेनपनि निर्विरोधध चयन भएका छन् ।

Related posts

देशलाई ६/६ महिनामा मन्त्री बनाउने फ्याक्ट्रीका रुपमा मात्रै प्रयोग गरियो : कृषि मन्त्री क्षेत्री

MadhesKhabar

पर्सा ३ मा एमालेबाट राजकुमार गुप्ताको एकल नाम सिफारिस

MadhesKhabar

पर्सा क्षेत्र नं. ३ मा रुपेश कुमार पाण्डेयको घरदैलो अभियान निरन्तर, लहावरथकरि र मैनपुरमा आज पनि व्यापक जनसम्पर्क

MadhesKhabar

Leave a Comment