वीरगन्ज,९असोज : नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रिय उपाध्यक्षमा वीरगन्जका महम्मद साहबुद्धिन निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा सोमबार सम्पन्न मुस्लिम संघको तेश्रो महाधिवेशनबाट संघको केन्द्रिय उपाध्यक्षमा साहबुद्धिन निर्विरोध निर्वाचित भएका हुन् ।पर्सा क्षेत्र नम्बर २ को कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका साहबुद्धिन , गिरिजाप्रसाद कोइराला फाउन्डेसनका मधेस प्रदेश अध्यक्षपनि हुन् ।
मुस्लिम संघको केन्द्रिय अध्यक्षमा अतावुल मन्सुरीपनि निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनलेपनि मनोनयन दर्ता गराएका थिए । तर सहमतिका लागि भन्दै निजामुद्दिनले समर्थन गरेपछि मन्सुरी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
यस्तै संघको अर्को उपाध्यक्षमा अहमद हुसेन, महासचिवमा प्रवेज आलम अन्सारी, सचिवमा मो. अखतर शाकिर,कोषाध्यक्ष पदमा अब्दुल करिम निर्वाचित भएका छन् ।
संघको केन्द्रिय सदस्यमा पर्साबाट शहरुम राउत गदी, जमिला खातुन र साबिर हुसेनपनि निर्विरोधध चयन भएका छन् ।

