Madhes Khabar
राजनीति हेडलाइन

पर्सा क्षेत्र नं. ३ मा रुपेश कुमार पाण्डेयको घरदैलो अभियान निरन्तर, लहावरथकरि र मैनपुरमा आज पनि व्यापक जनसम्पर्क

वीरगञ्ज,१ फाल्गुन:पर्सा क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनावी प्रचार अभियानलाई थप तीव्र बनाउँदै आज पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

उम्मेदवार पाण्डेयले आज लहावरथकरि र मैनपुर क्षेत्रमा घरदैलो गर्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्। घरदैलोका क्रममा उनले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै एमालेले अघि सारेका विकास र समृद्धिका योजनाबारे समेत जानकारी गराएका थिए।

स्थानीयवासीहरूले उम्मेदवार पाण्डेयप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै विकास, रोजगारी ,कृषि र क्षेत्रको समग्र उन्नतिका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

पाण्डेयले जनताको साथ र विश्वासले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तर अगाडि बढाइने बताए।

नेकपा एमालेले पर्सा क्षेत्र नं. ३ मा संगठन विस्तारसँगै चुनावी माहोल थप मजबुत बन्दै गएको जनाएको छ।

Related posts

जनकपुरमा एमालेकाे परिचयात्मक कार्यक्रममा पर्साका उम्मेदवारपनि भए सहभागी

MadhesKhabar

बारामा आएर कांग्रेस महामन्त्री गगनले भने : सत्ता समीकरण फेरिदैन,१ वर्षमा संविधान संशोधन हुन्छ

MadhesKhabar

पत्रकार सर्राफको परिवारलाई वीरगन्ज महानगरबाट ५ लाख र रेडियो वीरगन्जबाट १ लाख सहयोग

MadhesKhabar

Leave a Comment