वीरगन्ज,८असाेज: पर्साकाे पाेखरियास्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अगाडि साेमबार नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले धर्ना दिएर विराेध प्रदर्शन गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेली, सन्ताेष पटेल, प्रदीप चौधरी र लालबाबु रामकाे नेतृत्वमा धर्ना दिदै प्रदर्शन गरिएकाे हाे।
विद्युत प्राधिकरण वितरण केन्द्र पोखरियाका कर्मचारीले सेवाग्राहीसंग अभद्र व्यवहार गर्ने गरेकाे, सेवाग्रनहीलाई धाकधम्की दिने गरेकाे, शीर्षकमा अनावश्यक शुल्क लिने गरेकाे,छिनछिनमा लाईन काटने गरेकाे , विद्युत चाेरीकाे बहानामा पक्राउ गरि चरीत्र हत्या गर्ने गरेकाले विराेध प्रदर्शन गरिएको माओवादी नेता साहले बताए ।
दाेषी कर्मचारीलाई कारबाहीकाे माग गर्दै इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरिएको र दोषीलाई कारबाही नभए तथा, कर्मचारीको ब्यवहारमा सुधार नभए यसपछि अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी साहले दिि।ए

