Madhes Khabar
स्थानिय हेडलाइन

‘स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ वीरगन्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान

वीरगन्ज,१५ मंसिरःवीरगन्जका पत्रकार स्व. नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको ‘स्व.. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष वीरगन्जकै युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिएको छ।

स्व. सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित समारोहमा यात्रा डेली डटकम अनलाइन पत्रिकाका डेस्क सम्पादक सर्राफलाई २१ हजार राशीसहितको उक्त पुरस्कार प्रदान गरिएको हो।कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्राफलाई दोशल्ला ओढाउँदै प्रशंसापत्रसहित उक्त पुरस्कार प्रदान गरे ।

सामाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकार स्व. नरेश सर्राफको पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई स्मरण गरेका थिए । आजका पत्रकारहरूका लागि स्व. सर्राफ प्रेरणादायी व्यक्तित्व भएको भन्दै उनिहरुले स्व. सर्राफले स्थापित गरेको पत्रकारीताको मूल्य, प्रतिबद्धता र निष्ठाले नयाँ पुस्ताका पत्रकारलाई सही दिशानिर्देशन दिएको बताए ।

पुरस्कार वितरण समारोहमा स्व. पत्रकारका परिवारजनका सदस्य, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

‘मर्नु न बाँच्नुजस्तो’: तत्काललाई तनाव साम्य भए पनि ढुक्क छैनन् वीरगन्जवासी

MadhesKhabar

एमालेका वडा अध्यक्षका प्रत्याशी खुर्रम आलम काँग्रेस प्रवेश, चौरसियाले गरे स्वागत

MadhesKhabar

पर्सामा लैंगिक हिंसा र जातिय विभेद राेक्न मेराे प्राथमिकतामा रहन्छ : सिडिओ भुषाल

MadhesKhabar

Leave a Comment