Madhes Khabar
स्थानिय

वीरगन्जमा ४४१ पिस लागु औषधसहित बाराका प्रदीप पक्राउ

वीरगन्ज,३१ भदौं : भारतको रक्सौलबाट लागु औषध लिएर नेपाल छिरेका एक व्याक्तिलाई प्रहरीले वीरगन्जमा पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपैयास्थित इदगाह चोकबाट प्रहरीले लागु औषधसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का ५० वर्षिय प्रदीप बोहोरा क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनको साथबाट नुरफिन १४७ एम्पुल, फेनारगन–१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

Related posts

वीरगन्जमा तस्करीको आंशकामा नमस्ते ट्रान्सपोर्टको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

पर्साका सीडीओ सुबेदीको २ महिनामै सरुवा, पर्सामा अब दाहाल आउँदै

MadhesKhabar

वीरगन्जमा एक घरबाट १२ लाख भन्दा बढिको धनमाल चोर्ने भारतीय पक्राउ

MadhesKhabar

Leave a Comment