Madhes Khabar
स्थानिय

वीरगन्जमा ४४१ पिस लागु औषधसहित बाराका प्रदीप पक्राउ

वीरगन्ज,३१ भदौं : भारतको रक्सौलबाट लागु औषध लिएर नेपाल छिरेका एक व्याक्तिलाई प्रहरीले वीरगन्जमा पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपैयास्थित इदगाह चोकबाट प्रहरीले लागु औषधसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का ५० वर्षिय प्रदीप बोहोरा क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनको साथबाट नुरफिन १४७ एम्पुल, फेनारगन–१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

Related posts

पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट

MadhesKhabar

पर्सामा पाटे बाघ मृत अवस्थामा फेला

MadhesKhabar

ठगी मुद्धाका फरार अभियुक्त चौधरी पक्राउ

MadhesKhabar

Leave a Comment