Madhes Khabar
राजनीति

पर्सामा जनमत पार्टीको संगठन विस्तार अभियान तिब्र

वीरगन्ज ,३०भदाैं: पर्सामा जनमत पार्टीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ ।जस अन्तर्गत पर्साकाे क्षेत्र नम्बर -४ को क्षेत्रीय भेला सम्पन्न भएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य चन्दन चौहानको अध्यक्षता तथ राष्ट्रिय परिषद सदस्य डा. अजय यादवको प्रमुख आतिथ्यमा भेलालाई सम्बोधन गर्दै जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फले अब नेपाली जनताको आशा र भरोसाको एकमात्र पार्टी जनमत पार्टी भएकाे बताए।

उनले सुशासन, विकासका साथै, विभेदरहित समाज निर्माण तथा भ्रष्टाचार, बेथितिबाट मुक्तिको लागी जनमत पार्टीमा गोलबन्द आग्रहपनि गरे ।

जनमत पार्टीका राजनीतिक समिति सदस्य सिपु तिवारीले पार्टी अध्यक्ष डाक्टर सिके राउत त्यागी र दूरदर्शी नेता भएको बताए ।

भेलामा केन्द्रिय सदस्यहरु नजमा खातुन, अनिता रौनियार, स्थानीय नेताहरु सन्तोष साह, अमरनाथ सिह राठौर, युवा अध्यक्ष राजुराज गिरि,अमिरका राउत, दिपक यादव, दिलिप यादव, राहुल सरार्फ लगायतलेपनि सम्बोधन गरेका थिए ।

उक्त भेलामा दुई दर्जन स्थानीय अगुवाहरु जनमत पार्टीमा प्रवेश गरेकाे पर्सा संयाेजक सर्राफले जानकारी दिए ।

यसैगरी शनिबार नै जनमत पार्टीले वीरगंज महानगरपालिकाकाे वडा नम्बर २४ रमघडवामा बिजेन्द्र यादवको अध्यक्षतामा समिति गठन गरेको छ । वडा सुदृढीकरण अभियान अन्तर्गत पर्साको सबै वडामा वडा कमिटी गठनको अभियान तिब्र गतिमा जारी रहेको पर्सा जिल्ला सह- इन्चार्ज मुकेश दिवेदीले बताए ।

Related posts

मधेस आन्दोलनमा सकृय रुपमा लागेका वीरगन्जका युवा नेता गुप्ता जनमत पार्टीमा प्रवेश

MadhesKhabar

लाेसपाकाे महाधिवेशन निर्वाचन निर्देशिका तयार पार्न साेनलकाे संयाेजकत्वमा समिति गठन

MadhesKhabar

वीरगन्जमा कांग्रेसकाे सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण,देउवाले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment