काठमाडौं,४माघ:जेनजी आन्दोलनपछि चर्चित बनेका युवा सुदन गुरुङ पनि रास्वपा प्रवेश गर्ने भएका छन् । आफू रास्वपा प्रवेश गर्न लागेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘आज दिउँसो बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दै छौँ । यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो’, सुदनले भनेका छन् ।
‘तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ । जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ । यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ’, उनले थपेका छन् ।
गुरुङले यसअघि नै गोरखा– १ बाट चुनाव लड्ने घोषणा गरेका थिए ।

