Madhes Khabar
राजनीति

जगरनाथपुरमा जसपाको अगुवा कार्यकर्ता भेला सप्पन्न

वीरगन्ज,३० भदौं : पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार जनता समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै जसपाकी केन्द्रिय सदस्य रेखा साहले जसपाले गरेकै मधेस आन्दोलनका कारण प्राप्त मधेसी कोटाको लाभ कांग्रेस र एमालेले लिइरहेको बताइन् । तर अहिले उनिहरुले मधेसी दललाई गाली गरिरहेको भन्दै उनले यसबारेमा मधेसी जनता सचेत बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले मधेसीको हकअधिकारका लागि लड्ने पार्टी जसपा मात्रै भएको दाबी गरे । उनले मधेसी जनताको अधिकारका लागि जसपा कहिल्यैपनि पछाडी नहट्नेपनि बताए ।

भेलाले आगामी शनिबार असोज ६ गते गाउँपालिका स्तरमा बृहत भेला गर्ने निर्णय गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । त्यसको तयारीको लागि जलेखा खातुनको अध्यक्षतामा ७ सदस्यीय तयारी समिती गठन गरिएको उनले बताए । उक्त समितिमा पाठा मियाँ, उपेन्द्र बिन मुखिया, फद महमद मियाँ, चान्द देवान, समसुल हक मियाँ र बबितादेवी रहेका छनन् ।

जसपाकी कार्यकारिणी समिति सदस्य जलेखा खातुनको अध्यक्षतामा भएको भेलामा जसपाका जिल्ला सचिव तबरेज अहमद, क्षेत्रीय सचीव उपेन्द्र बिन मुखिया, युवा नेता सिकेन्द्र यादव, मुन्ना मियाँ लगायतको सहभागीता थियो ।

Related posts

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध छ : रवि लामिछाने

MadhesKhabar

प्रदीप गिरिको स्मृतिमा काठमाडौंदेखि काशीसम्म यात्रा गरिने

MadhesKhabar

ठाकुरराम क्याम्पसमा आगजनी गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

Leave a Comment