Madhes Khabar
राजनीति

चार दलले घाेषणा गरे समाजवादी माेर्चा

काठमाडौं,४असार: सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।साेमबार काठमाडौंकाे राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुख नेताहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् ।

सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।

मोर्चाका सदस्य राजेन्द्र श्रेष्ठले मोर्चामा प्रगतिशील दललाई पनि समावेश गरिने जनाए ।

उनका अनुसार मोर्चाको नेतृत्व शीर्ष नेताले सहमतिमा आलोपालो गर्नेछन् । समन्वय र सहकार्यको मान्यतालाई अवलम्बना गरिनेछ । मोर्चाले साझा नीति तथा कार्यक्रम तय गर्ने जनाएको छ। मोर्चाले घटक सदस्यहरुबीच सहकार्य संस्कृतिको विकास गर्ने र केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार गर्ने जनाएको छ।

कांग्रेस र एमाले पछि तेस्रो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गरिएको हो। प्रतिनिधिसभामा माओवादीका केन्द्रका ३२,नेकपा एसका १० र जसपाका १२ सांसद छन्। चार दलको मोर्चा बनेसँगै सांसदको संख्या ५४ पुगेको छ।

Related posts

पार्टी फुटेपछि उपेन्द्र यादवले केन्द्रीय समिति दाेब्बर बनाए

MadhesKhabar

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ

MadhesKhabar

पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

MadhesKhabar

Leave a Comment