वीरगन्ज,३० भदौं : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रगतदान गरेका छन् ।
बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा मुन्ना पटेल, दिनेश यादव, राकेश तिवारी, सुवास प्रजापति, विशाल ठाकुर गरि ५१ जनाले रगदान गरेका हुन् ।
कृष्णा कुशवाहाको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेकपा एमालेका नेता शीव पटेल ,नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन सिंह , आयोजक बहुदरमाई युवा समाजका सदस्यहरू शिवशंकर ठाकुर, ओमप्रकाश कुशवाहा, सुभाष प्रजापति, सरोज यादव, सुरेन्द्र प्रजापति, राकेश तिवारी, विकास यादव, रितेश साह, चन्दन यादवलगायतकोपनि सहभागिता थियो ।

