Madhes Khabar
समाज

बहुदरमाई युवा समाजले आयोजना गरेको कार्यक्रममा ५१ जनाले गरे रगतदान

वीरगन्ज,३० भदौं : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रगतदान गरेका छन् ।

बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा मुन्ना पटेल, दिनेश यादव, राकेश तिवारी, सुवास प्रजापति, विशाल ठाकुर गरि ५१ जनाले रगदान गरेका हुन् ।

कृष्णा कुशवाहाको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेकपा एमालेका नेता शीव पटेल ,नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन सिंह , आयोजक बहुदरमाई युवा समाजका सदस्यहरू शिवशंकर ठाकुर, ओमप्रकाश कुशवाहा, सुभाष प्रजापति, सरोज यादव, सुरेन्द्र प्रजापति, राकेश तिवारी, विकास यादव, रितेश साह, चन्दन यादवलगायतकोपनि सहभागिता थियो ।

 

Related posts

पर्सा फोटोग्राफर एशोसिएसनले छोरीको विहेमा दियो सहयोग

MadhesKhabar

वीरगन्जमा पाँच रुपैयाँ मै खाना खुवाउने अभियान शुरु

MadhesKhabar

जन्मदिन ,वैवाहिक वर्षगाँठ जस्ता उत्सवहरु समाज सेवा गरेर मनाउने चलन बढ्दै

MadhesKhabar

Leave a Comment