Madhes Khabar
सुदूरपश्चिम प्रदेश

१६ दिन देखि बेपत्ता सेनाका मेजर पण्डितको शव फेला

काठमाडौं,२६ भदौं : १६ दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी (मेजर) विमल पण्डितको मंगलवार भेरी नदिमा शव फेला परेको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदिको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो।

भेरी नदिमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतीर त्रिपुरासुन्दरी–५ का परिमल भनिने सिबमल सार्कीले चिण्ढेबगरस्थित किनारमा लाश देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए।दुई ओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बाँया हातमा घडि र दायाँ हातको कान्छी औलामा औठी देखेपछि आफूले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर प्रहरी चौकीमा पुगेर खवर गरेको उनले बताए।

सार्कीले खवर गर्ने वित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खवर गरेको थियो। प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा उद्धार सामाग्री सहित नेपाली सेनाका मेजर रवि शाहको टोली शव फेला परेको चिण्ढेबगरमा पुगेको थियो।

भेरी नदिको किनारमा ढुङ्गाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा घडि औठीबाट शव पुष्टि भएको बुढाथोकीले बताए। फेला परेको शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको उनले बताए। काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेवाट बेपत्ता भएका थिए ।

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

धनगढी उपमहानगरका मेयर हमालले ४ वर्षको सबै तलब सामाजिक कार्यमा गरे खर्च

MadhesKhabar

Leave a Comment