Madhes Khabar
स्थानिय

पर्साको देवरियाबाट सालको काठसहित मोटरसाइकल बरामद, तस्कर फरार

वीरगन्ज,२६भदौं : पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ देवरिया र फरहदवाबिचको सडकखण्डबाट वनगस्ती टोलीले काँचो सालको काठसहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

सब डिभिजन वन कार्यालय रंगपुरटाडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वनगस्ती टोलीले मंगलबार बिहान ३ बजेतिर तस्करले राष्ट्रिय वनबाट सालको रुख काटेर दुई थान गोलीया काठ मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो ।

ना२२ प ७६४८ नम्बरको डिस्कभर मोटरसाइकल र त्यसमा लोड गरिएको २ थान (१७ क्युबिक फिट ) सालको काठ बरामद गरिएको सब डिभिजन बन कार्यालय रंगपुरका रेन्जर कपिलदेव यादवले बताए। तस्कर भने फरार भएकोले पक्राउ गर्न नसकिएको उनले बताए ।

Related posts

बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग:युवा संघले  सिडिओको गाडीपनि नियन्त्रणमा लियाे

MadhesKhabar

वीरगन्जको फेमस ‘बब्लु टी स्टल’ : जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

MadhesKhabar

पर्सामा राैनियार युवा समाज गठन

MadhesKhabar

Leave a Comment