Madhes Khabar
खेलकुद

१६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतसँग नेपाल पराजित

काठमाडाैं,२०भदाैं:  नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएकाे छ ।

बुधबार भुटानकाे थिम्पुमा भएकाे खेलमा भारतसँग १–० गाेलले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएकाे हाे । भारतका लागि माेहम्मद अरबासले खेलकाे ३३ औँ मिनेटमा गाेल गरे ।

समूह ‘ए’ मा रहेको नेपाल  साेमबार भएकाे पहिलाे खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपाल बाहिरिएसँगै भारत समूह ‘ए’ को विजेता र बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

यस्तै समूह ‘बी’ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेकाे छ । बुधबार नै हुने माल्दिभ्स र भुटानबीचकाे खेलबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ ।

Related posts

दिल्लीको प्रतियोगितामा वीरगन्जबाट सहभागी हुने खेलाडीहरुलाई सितोरियो कराँते संघले गर्यो विदाई

MadhesKhabar

वीरगन्ज र जनकपुरमा जारी जय ट्रफीको पहिलो खेलमै चम्किएका खेलाडीहरू

MadhesKhabar

पर्सा क्रिकेट लिगमा युनाइटेड र किन्लिसकाे विजयी सुरुवात 

MadhesKhabar

Leave a Comment