Madhes Khabar
खेलकुद

एसिया कप खेल्न सन्दिप सोमबार पाकिस्तान जाने


फाइल फोटो

काठमाडौं ,१० भदौं : नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिए ।

सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको थियो ।

सन्दिपको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो । एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदै छ । उक्त खेल पाकिस्तानको मुल्तानमा हुनेछ ।

त्यसको चार दिनपछि नेपालले भारतसँग दोस्रो खेल खेल्नेछ । मुद्दाको पेशी भदौ २१ गते तोकिएकाले त्यसअगावै सन्दीप काठमाडौँ फर्कने जानकारी पनि कानुन व्यवसायी घिमिरेले दिए । ‘सन्दीप सोमबार एसिया कप खेल्न पाकिस्तान जानेछन्,’ उनले भने । सन्दीपविरुद्ध नाबालिग बलात्कारको आरोपमा मुद्दा दायर भएको हो ।साभार : रातोपाटीबाट

 

 

 

Related posts

भारतसँगको खेलमा वीरगन्जका आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका

MadhesKhabar

नेपालद्वारा टी–२० सिरिज ‘क्लीन स्वीप’, अमेरिका ८ विकेटले पराजित

MadhesKhabar

जिम्बावे विरुद्ध नेपालको सान्दार जित

MadhesKhabar

Leave a Comment