Madhes Khabar
स्वास्थ्य हेडलाइन

सरकारले सुचीबाट हटाएपछि नेशनल मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

वीरगन्ज,८भदाैं: स्वास्थ्य बीमा बोर्डले वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सहित देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ ।

स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका नेशनल मेडिकल कलेजसहित २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।

बीमा बोर्डका अनुसार गत आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालसंग सरकारले गरेको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो ।

स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

Related posts

साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री राउतले हस्ताक्षर गरेको कागजात गायब

MadhesKhabar

कफ सिरपका कारण कतिपय देशमा जस्तै जोखिमका घटना नेपालमा हुन नदिन सरकारले के गर्दैछ ?

MadhesKhabar

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

MadhesKhabar

Leave a Comment