Madhes Khabar
राजनीति

कांग्रेस छाडेर फेरि राप्रपामै फर्किए सर्राफ

वीरगन्ज ,३२साउन : गत स्थानीय तहकाे निर्वाचन ताका नेपाली कांग्रेसमा प्रवेश गरेका जलेश्वर सर्राफ पुन राप्रपामै फर्किएका छन् ।

तत्कालीन राप्रपाकाे वीरगन्ज महानगर अध्यक्ष रहेका सर्राफ गत स्थानीय तहकाे निर्वाचन अघि राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।

तर बुधबार उनि फेरि राप्रपामै फर्किएका हुन् । बुधबार वीरगन्जस्थित राप्रपाका जिल्ला अध्यक्ष अवधिकशाेर साहकाे निवासमा आयाेजित कार्यक्रममा राप्रपाका नेता एंव सांसद दिपक बहादुर सिंहले सर्राफलाई पुन राप्रपामै फर्काएका हुन् ।

पुन राप्रपामा फर्किएका सर्राफलाई पहिलेकै वीरगन्ज महानगरकाे अध्यक्षकाे जिम्मेवारी दिइएकाे राप्रपाका पुर्व केन्द्रीय सदस्य नगीना यादवले बताए ।

बुधबारकाे कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य अंगद ठाकुर, पुर्व केन्द्रिय सदस्य नगिना यादव, जिल्ला उपाध्यक्ष अवधकिशोर साह, क्षेत्रीय अध्यक्ष अर्जुनसिंह ठकुरी,नेताहरु किरण डङ्गोल, दिपनारायण यादव, रोशन यादव ,राप्रपा का पार्टी प्रवक्ता शम्भु घिमिरे, नरेन्द्र चौरसिया लगायतकाेपनि सहभागीता रहेको थियो।

Related posts

देश जलाउनेहरुका बारेमा जनताले यहि चुनावमा इन्साफ गर्नेछन् : पूर्वमन्त्री अजय चौरसिया

MadhesKhabar

सीके राउत भन्छन् : मधेस सरकारले ल्याएको बजेटमा असन्तुष्टि छ, तर तत्कालै सरकार छाड्दैनौं

MadhesKhabar

वीरगन्ज ३१ को मतपेटिकामा पोलिङ भन्दा बढि मतपत्र भेटिएकाले मतगणना रोक्न माओवादीको माग

MadhesKhabar

Leave a Comment