
मधेसखबर
वीरगन्ज,०२जेठ : नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ को जारी मतगणनाका क्रममा मतदान भएको संख्या भन्दा बढि मतपत्र मतपेटिकामा भेटिएको आरोप लगाएको छ ।
माओवादीले उम्मेदवारका प्रतिनिधीको सहमति बेगर मतपेटिका खोलेर जबरजस्ति गणना गर्ने काम भइरहेको आरोप पनि लगाएको छ ।
मतगणनामा नेकपा माओवादीले प्रतिनिधीका रुपमा खटाएका नन्दकिशोर पन्जियारले सोमबार मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाइ निवेदन बुझाउदै वडा नम्बर ३१ को जारी मतगणना रोकेर छानबिन गर्न माग पनि गरेका छन् ।
पन्जियारले बुझाएको निवेदनमा , वडा नम्बर ३१ को जारी मतगणनामा , माओवादीका उम्मेदवारका प्रतिनिधीको सहमति बेगर मतपेटिका खोलिएको र मतगणनाका क्रममा , शुक्रबार खसेको मतसंख्या भन्दा बढि मतपत्र मतपेटिकामा भेटिएको उल्लेख ।
त्यसैले वडा नम्बर ३१ को मतगणना हालका लागि रोकेर बढि मतपत्र भेटिएको बारे छानबिन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग पन्जियारले माग गरेका छन् ।

