Madhes Khabar
स्थानिय

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने महानगरको कदमलाई सर्वोच्चकाे साथ

वीरगन्ज, २५ साउन :वीरगन्ज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउने कामलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

मुख्य नालामाथि निर्माण गरेर वर्षौँदेखि उपभोग गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैंक र क्लासिक होटल रहेको संरचना महानगरले हटाएको कामलाई सर्वोच्चले सदर गरेको छ ।
संरचना हटाउन नदिन भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक रहेको घरका धनी पवन कुमार गुप्ता र अनिल कुमार गुप्ताले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।

बिहीबार सुनुवाई गर्दै सर्वोच्च अदालतको ६ नम्बर इजलासका न्यायाधिशद्वय प्रकास कुमार ढुंगाना र डा.कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरिदिएकाे हाे ।

अदालतले गएको साउन ११ गतेपनि अल्पकालिन अन्तरिम आदेश दिँदै संरचना हटाउने काम यथावत राख्न भनेको थियो ।अल्पकालिन आदेशलाई निरन्तरता दिन सर्वोच्चले अस्विकार गरेसँगै महानगरले थालेको काम जायज रहेको पुष्टि भएको छ ।महानगरले दुबै भवन गएको साउनको पहिलो साता डाेजर लगाएर हटाएको थियो ।

Related posts

पर्साको बन्कुल र श्रीपुरबाट ठूलो परिमाणमा सालको काठ बरामद

MadhesKhabar

सिम्रौनगढका व्यापारी सिंहमाथि गोली प्रहारकाे प्रयास असफल

MadhesKhabar

वीरगन्जको ट्राफिक व्यवस्थापनमा लाग्न ट्राफिक प्रहरीलाइ मेयर सिंहको निर्देशन

MadhesKhabar

Leave a Comment