Madhes Khabar
कृषि

किसानका समस्या समाधानको माग गर्दै बारामा एमालेले बुझायो आठ बुँदे ज्ञापनपत्र

बारा,२३ साउन : नेकपा एमालेले किसानसंग सम्बन्धित समस्या समधान समस्याको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्रीलाई आठ बुँदे माग बुझाएको छ ।एमालेको बारा जिल्ला कमिटीले मंगलबार बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई ८ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

एमालेले बुझाएको ज्ञापनपत्र मार्फत सुख्खाबाट प्रभावित जिल्लाका किसानका लागि राहतको व्यवस्था गर्न , लम्पिस्किन रोगबाट भएको क्षतिको विवरण तयार गरी किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन , समयमै मलखादको उचित व्यवस्था गर्न , किसानले उत्पादन गरेको गरेको तरकारी, खाध्यन्न, दूध, फलफुल र माछाको खरिद बिक्री केन्द्र स्थापना गर्न ,उखु किसानले सरकारबाट पाउन बाँकी रहेको अनुदान रकम तत्काल उपलब्धगराउन , कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराउन सरकारसंग माग गरिएको छ ।

एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जिल्लामा आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम र योजना ल्याउन तथा जिल्लामा शान्तिसुरक्षाको अवस्था खस्किँदै गएकोले त्यसलाई सुदृढ गर्नपनि एमाले बाराले सरकारसंग माग गरेको छ ।

ज्ञापन पत्र बुझाउन गएको टोलीमा एमालेका केन्द्रीय सदस्यहरु बलवीर चौधरी, एकवाल मिया, प्रदेश कमिटी सदस्य मनोज पौडेल, उमेश गुप्ता, जिल्ला कमिटीका भुलन चौधरी,शर्मा बैठा,भोला अधिकारी,अमृतलाल श्रेष्ठ, रमेश चौधरी पुरुषोत्तम साह,तारा कार्की लगायतको पनि सहभागीता थियो ।

Related posts

वीरगन्ज महानगरलाई सूर्य नेपालद्वारा चल्ला उत्पादन गर्ने ५ थान ह्याचरी मेसिन प्रदान

MadhesKhabar

सरकारले तत्काल धान खरिदकाे प्रक्रिया नथाले आन्दोलन गर्ने किसानहरुकाे चेतावनी

MadhesKhabar

सुर्तीखेती छाडेर ठाेरीका युवाहरु उखुखेतीमा,आम्दानीको ५ प्रतिशत सामाजिक कार्यमा

MadhesKhabar

Leave a Comment