Madhes Khabar
कृषि

धान दिवसमा पटेर्वा सुगौलीका अध्यक्ष चौधरीको प्रतिबद्धता : किसानलाइ पालिकाले सहयोग गर्छ

प्रमोद यादव
पर्सा ,१५ असार : पर्साको पटेर्वासुगौली गाउँपालिकाले पनि बुधबार १९ औं राष्ट्रिय धान दिवस औपचारिक कार्यक्रम गरि मनाएको छ ।

गाँउपालिकाको कृषि शाखाले वडा नम्बर ३ पूर्व देकुलीमा बुधबार औपचारिक धान रोपाइ कार्यक्रम गरेर दिवस मनाएको हा ।“धान बालीमा जैविक विवधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग “ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले खेतमा धान रोपेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा सहभागी किसानहरुका माझ बोल्दै पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले किसानका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।उनले भने ,‘ पालिकाका प्राय सबै जनताको जिउने आधार कृषि नै हो , त्यसैले कृषि पहिलो प्राथमिकतामा रहन्छ ।

कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारु, कृषि शाखा प्राविधिक गोविन्द भैया थारु, मोहन प्रसाद , सुलेमान मिया दर्जी लगायतको पनि सहभागीता रहेको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले जानकारी दिए ।

Related posts

वर्षा नहुदाँ पर्सामा खेतहरु बाँझै ,रोपाईंका लागि आकाशे पानी कुर्दै किसानहरु

MadhesKhabar

व्यावसायिक उत्पादन गर्ने तयारीमा वीरगन्ज कृषि औजार कारखाना

MadhesKhabar

वीरगन्ज नाका हुदैं ६ महिनामा १२ अर्ब रुपैयाँ मूल्यको धान,चामल,मकै लगायतका खाद्यान्न आयात

MadhesKhabar

Leave a Comment