Madhes Khabar
कृषि हेडलाइन

व्यावसायिक उत्पादन गर्ने तयारीमा वीरगन्ज कृषि औजार कारखाना

फाइल तस्बिर ।

वीरगन्ज,३असोजःराष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि संचालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाले तीन महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य थालेको छ ।

कारखानामा कार्यरत केन्द्रका इन्जिनियर रितेश देवका अनुसार, तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना बनाइएको हो ।‘आउँदो तीन महिनाभित्र रिपर र थ्रेसर मेसिन उत्पादन गर्ने लक्ष्यसहित हामी काम गरिरहेका छौं,’ इन्जिनियर देवले भने, ‘त्यसका लागि कारखानामा हालै ५० लाख रुपैयाँ लागतमा सीएनसी लेजर मेसिन भित्र्याइसकेका छौं, यो स्वचालित मेसिनले कृषि उपकरणहरूको उत्पादन गर्न आवश्यक पर्ने फलामे पाता काट्ने काम गर्छ ।’ यसो हुँदा कृषि उपकरणहरूको उत्पादन तीव्र गतिमा गर्न सकिने पनि उनले बताए ।

व्यावसायिक उत्पादन थाल्नुअघि कारखानामा हालको भन्दा दोब्बर जनशक्ति थप्ने योजना पनि रहेको उनले बताए । हाल कारखानामा २५ जना कार्यरत रहेकामा थप २५ जना थप्ने योजना रहेको छ । हाल कारखानामा कार्यरत जनशक्तिमा ७ मेकानिकल÷इन्डस्ट्रियल÷इलेक्ट्रिकल इन्जिनियर, १ मेकानिकल ओवरसियर र बाँकी फेब्रिकेटर टेक्निसियन छन् । कुल जनशक्तिमध्ये आधा दर्जन पर्सा र बाराका छन् ।

२०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिई संचालन गरिरहेको छ । कारखाना संचालनमा हालसम्म केन्द्रले २ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको र उक्त रकम पनि केन्द्रका संस्थापक महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बिक्री गरेर जम्मा गरेको करिब १० करोड रुपैयाँ प्राप्त भएको इन्जिनियर देव बताउँछन् ।

२०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी संचालनमा आएको कृषि औजार कारखाना २०४७ पछि रुग्ण अवस्थामा गएपछि २०५९ सालमा बन्द गरिएको थियो । नेपाल सरकारले वाचा गरेअनुसार कारखाना संचालन गर्न २० करोड रुपैयाँ नदिएको गुनासो गर्दै केन्द्रका संचालक पुन आफ्नै आत्मकथा पुस्तक बेचेर उक्त रकमको जोहो गर्ने अभियानमा लागिपरेका छन् । यस क्रममा उनले करिब १० करोड रुपैयाँ जोहो गरिसकेको बताएका छन् ।

पुस्तक बेच्ने क्रममा हाल बारामा रहेका पुन अब पूर्व जाने योजनामा छन् । बारामा पुग्दा उनले ३६ जिल्लामा पुस्तक बिक्री अभियान सम्पन्न गरिसकेका छन् । केन्द्रले हालसम्म कारखानामा धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङग डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुख्खा घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेसिनको सफल परीक्षण उत्पादन गरी सकेको छ । यसबाहेक कुटो, कोदालो, चाप कटर आदि साना कृषि उपकरण पनि केन्द्रले उत्पादन गर्दै आएको छ ।शंकर आचार्य/कान्तिपुर

Related posts

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

MadhesKhabar

झारफुकको अन्धविश्वासमा परेर आफन्तले नै बाराका कुम्हार र ठाकुरको पर्सामा हत्या गरेको खुलासा

MadhesKhabar

दशैंका बेला मधेस प्रदेशमा भएका सवारी दुुर्घटनामा २९ को मृत्यु , ३१३ घाइते

MadhesKhabar

Leave a Comment