Madhes Khabar
राष्ट्रिय

उपराष्ट्रपति यादवकाे पहिलाे विदेश भ्रमण चीनमा

काठमाडौं ,२३साउन: उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जाने भएका छन् । उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’ मा सहभागी हुन अर्को साता युनान प्रदेशको कुनमिङ् जाने भएका हुन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने भएका छन्। उपराष्ट्रपति यादव साउन २९ मा कुनमिङ् जाने भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला त्यस अघि उपरारष्ट्रपति यादव चीन जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल सेप्टेम्बरको तेस्रो वा चौथो हप्ता चीन जाने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयले उपराष्ट्रपति यादवको चीन भ्रमणको तयारी गरिहेको स्रोतले बताएको छ ।

 

‘चाइना– साउथ एसिया एक्सपो’को यो सातौं संस्करण हो । उक्त एक्सपो अगस्ट १६ देखि २० सम्म चल्ने छ । उक्त एक्सपोको मुख्य उद्देश्य चीन र दक्षिण एसियाली मुलुकहरूको सहकार्य र एकता कायम गरी विकासमा अघि बढनु रहेको छ ।

कुनमिङ बसाइका क्रममा उपराष्ट्रपति र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच साइडलाइन बैठक समेत हुने स्रोतले बताएको छ ।

Related posts

प्रबल जनसेवा श्री पदकबाट डाक्टर सुबाेध गुप्ता पनि विभूषित हुने

MadhesKhabar

मंसिरको चुनावमा चार वटा मतपत्र, उम्मेदवारको मात्र चुनाव चिह्न

MadhesKhabar

सांसद यादवले भाेजपुरी भाषामा शपथ लिएपछि भारतीय नेता र कलाकारद्वारा प्रशंसा

MadhesKhabar

Leave a Comment