Madhes Khabar
खेलकुद

खेलकुद प्रतियोगिता आयाेजना गर्ने खेलकुद पत्रकार महासंघ पर्साकाे निर्णय

वीरगन्ज ,२१साउन: नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आइतबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा महासंघको प्रथम बैठक सम्पन्न भएको हो ।

नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्ष्तामा बसेको बैठकले विभिन्न तीन महत्वपुर्ण निर्णय गरेको महासंघका सचिव श्याम कुशवाहाले जानकारी दिए ।

उनका अनुसार बैठकले नेपाल खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन गरी नेपाल खेलकुद पत्रकार मन्च पर्सा राख्ने निर्णय गरेको छ ।

यस्तै अगामी एक महिना भित्र एउटा खेलकुद प्रतियोगीता गर्ने र अगामी दुई महिना भित्र प्रथम जिल्ला अधिवेशन गरीने निर्णय भएको उनले बताए ।

बैठकमा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाकी उपाध्यक्ष सुष्मा शर्मा , सचिव श्याम कुशवाहा , कोषाध्यक्ष सन्तोष पटेल , सदस्य अर्जुन गुप्ता सहितका सदस्यहरुको सहभागीता थियो ।

Related posts

निर्मल समाज, ठोरी गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

MadhesKhabar

राजस्थानलाई हराएकाे चेन्नईकाे प्लेअफमा पुग्ने सम्भावना जिवितै

MadhesKhabar

Leave a Comment