Madhes Khabar
काेशी प्रदेश

सुनसरीमा गोली हानी एक युवकको हत्या

धरान, ५ साउन : सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा शुक्रबार अपरान्ह गोली हानी एक जनाको हत्या गरिएको छ ।

विराटनगर उपमहानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको हो । धनकुटाबाट विराटनगर तर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको बताइएको छ।

गोली प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीको दायाँ कोखामुनि गोली लागेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन्। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार राईले बताए । साभार : अन्नपूर्णपोष्ट

 

Related posts

भारतबाट मानव कंकाल लिएर आउँदै गरेका राय पक्राउ

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

हाेली खेलेर नुहाउन गएका तीन जना बालबालिका सुनकाेशीमा डुबेर बेपत्ता

MadhesKhabar

Leave a Comment