Madhes Khabar
खेलकुद

एसिया कपकाे उद्घाटनमा नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं ,३साउन: एसिया कप क्रिकेटको उद्घाटन खेल आयोजक पाकिस्तान र नेपालबिच हुने भएको छ । पाकिस्तानको मुल्तानमा अगस्ट ३० तारिखमा एसिया कपकाे उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका हुन् ।

एसियन क्रिकेट काउन्सिलले औपचारिक रुपमा खेलतालिका भने सार्वजनिक गरिसकेको छैन । तर, अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खेलतालिका सार्वजनिक गरेका हुन् । नेपालले दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाकाे क्यान्डीमा भारतसँग खेल्नेछ ।

नेपाल प्रतियोगिताको समूह एमा छ । जसमा पाकिस्तान र भारत छन् । नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो । यो प्रतियोगिता नै नेपालको हालसम्मको उच्च प्रतियोगिता हुनेछ ।

नेपालमै भएको एसीसी ट्रफीको उपाधि जितेपछि नेपाल एसिया कपका लागि छनोट भएको थियो ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् भने श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बीमा छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर फाेरमा प्रवेश गर्ने छन् । फाइनल खेल १७ सेप्टेम्बरमा हुनेछ ।

Related posts

एकदिवसीय क्रिकेटमा रोहित शर्माको १० हजार रन पूरा

MadhesKhabar

आयोजक सिमरा जीतपुरसिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

गुल्शन झा चम्किएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो

MadhesKhabar

Leave a Comment