Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मुल्य ताेलाकाे १ लाख १२ हजार ५०० पुग्याे

वीरगन्ज ,२९असार: नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० सय रुपैयाँ पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनकाे मुल्य ताेलाकाे १ लाख ११ हजार ९५० कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य बढेसँगै चाँदीकाे मुल्य पनि बढेको छ।शुक्रबार चाँदीकाे मुल्य प्रतितोला १४ सय ८० रुपैयाँ पुगेको छ।

बिहीबार चाँदी ताेलाकाे १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

Related posts

नेपालमा १०० भारतीय रुपैयाँ भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने

MadhesKhabar

पेट्राेलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढेर आयाे मूल्य,सूचीसहित

MadhesKhabar

सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पुग्यो

MadhesKhabar

Leave a Comment