Madhes Khabar
खेलकुद

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, १५ असार : एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।समूह चरणको शुक्रबार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएको हो ।

जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर ५ बलमा ९९ रनमा समेटिएपछि खेल नेपालले जितेको हो ।मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट भए । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका अशोक धामीले ४ विकेट लिए ।अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र कृतिक कामतले एक विकेट लिए ।

त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३ ओभर ४ बलमा १ सय ८३ रनमा अलआउट भएको थियो ।नेपालका अशोक धामीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै, नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन जोडे । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल शनिबार हुनेछन् ।

 

Related posts

बंगलादेशविरुद्धको टेष्ट सिरिजमा भारतको क्लिनस्वीप

MadhesKhabar

आईपीएल :पञ्जाबसँग कोलकता ७ रनले पराजित

MadhesKhabar

वीरगन्जमा हुने एलाइट कप क्रिकेटका लागि तयारी अन्तिम चरणमा

MadhesKhabar

Leave a Comment