Madhes Khabar
खेलकुद

आईपीएल :पञ्जाबसँग कोलकता ७ रनले पराजित

काठमाडौं,१८चैत : भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल वर्षाले प्रभावित हुँदा कोलकता नाइट राइडर्स पञ्जाब किंग्ससँग डिएलएसमा ७ रनले पराजित भएको छ ।

मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

१९२ रनको लक्ष्य पछ्याएको कोलकताले १६ ओभर खेल्दै ७ विकेट गुमाएर १४६ रन बनाउँदा पानी पर्न थालेको थियो । वर्षा नरोकिएपछि खेलको नतिजा डिएलएसबाट तय भएको हो । १६ ओभरमा ७ विकेट गुमाउँदा पार स्कोर १५३ रन रहेकोले कोलकता ७ रनले पराजित भएको हो ।

कोलकताका लागि आन्द्रे रसेलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । इम्प्याक्ट प्लेअरका रुपमा ब्याटिङ गरेका वेनकाटेस अयरले २८ बलमा ३४ रन बनाए । कप्तान नितिश राणाले २४ र रहमानुलल्ह गुर्बाजले २२ रन बनाए ।

पञ्जाबका लागि अर्शदिप सिंहले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । साम मरन, नाथन एलिस, सिकन्दर राजा र राहु चाहरले समान १ विकेट लिए ।

त्यसअघि पञ्जाबका लागि भानुका राजापाक्षले ३२ बलमा ५ चौका र २ छक्का मद्तमा सर्वाधिक ५० रन बनाए । कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए । यो जोडीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।

यस्तै अर्का ओपनर प्रबसिमरन सिंहले २३, जितेश शर्मनले २१ र सिकन्दर राजाले १६ रन जोडे ।

जिम्बावेका राजाले यसे खेलबाट आईपीएलमा डेब्यु गरे । साम करनले १७ बलमा २ छक्का प्रहार गर्दै अविजित २६ रन बनाए ।

शाहरुख खानले ७ बलमा २ चौका प्रहार गर्द अविजित ११ रन बनाए । कोलकताका टिम साउदीले २ तथा उमेश यादव, सुनिल नारिन र वरुन चक्रवर्तीले समान १ विकेट लिए ।साभार:अनलाइनखबर

Related posts

एसिया कप खेल्ने नेपालको सपना चकनाचुर

MadhesKhabar

यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसंग १३२ रनले पराजित

MadhesKhabar

टी–२० विश्वकप : नेपालको पहिलो खेल आज नेदरल्यान्ड्ससंग

MadhesKhabar

Leave a Comment