Madhes Khabar
काेशी प्रदेश

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

विराटनगर, १५ असार : सरकार गठन भएको ६ महिना नपुग्दै कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका छन्।

विश्वासको मतका लागि प्रदेशसभामा शुक्रबार भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले ४६ मत मात्रै पाए। बहुमतका लागि ४७ मत आवश्यक थियो। गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत खस्यो। बैठकमा ८९ सांसद उपस्थित रहेका थिए।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। उनले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष र विपक्षमा दलहरू विभाजित भएका थिए।

उनले सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाटम मात्रै विश्वासको मत प्राप्त गरे। यसअघि गत पुस २४ गते मुख्यमन्त्री नियुक्त हुँदा कार्कीले माओवादी र जसपाको पनि समर्थन पाएका थिए।

विपक्ष गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने बैठकमा उपस्थित भएन। ९३ सदस्यीय प्रदेशसभामा जसपाबाट एक्ली सांसद प्रदेशसभा सदस्य निर्मला लिम्बू छिन्। मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री बनेकी थिइन्। जेठ २७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लिम्बूको मन्त्री पद गुमेको थियो।

माओवादीले सरकारलाई दिएको समर्थन जेठ २३ गते फिर्ता लिएको थियो। सत्तारुढ दल माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। विश्वासको मत प्रयोजनका लागि बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बसेको थियो।

प्रदेशसभामा सत्तारुढ एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । प्रतिपक्षी कांग्रेसका २९,माओवादीका (सभामुख) बाहेक १२, समाजवादीका ४ र जसपाका १ सांसद छन् ।साभार : अन्नपूर्णपोष्ट

Related posts

हाेली खेलेर नुहाउन गएका तीन जना बालबालिका सुनकाेशीमा डुबेर बेपत्ता

MadhesKhabar

काेशीका मुख्यमन्त्री थापा पदमुक्त, नयाँ सरकार बनाउन सर्वोच्चको परमादेश

MadhesKhabar

देउवाको बलजफती : मिनेन्द्रलाइ पाखा लगाएर सुजातालाइ टिकट

MadhesKhabar

Leave a Comment