Madhes Khabar
धर्म/संस्कृति

सिम्राैनगढलाई संरक्षित क्षेत्र घाेषणा गर्न एमाले सांसदकाे माग

काठमाडौं,६असार: नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।

त्यसक्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरु फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न उपयुक्त हुने उनको तर्क थियो।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा शुन्य समयमा बोल्दै सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो। अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्नेक्रममा विभिन्न स्थानहरुमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर एक हजार वर्ष भन्दा पुराना पुरातात्विक सम्पदाहरु फेला परिराखेको छ।’

सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाई गर्न नहुने पनि बताए ।

‘म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस्। र, विश्व सम्पदा सूचिमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु।’ उनले भने ।साभार:अनलाइनखबर

Related posts

वीरगन्जमा माघ १ गते थारु समुदायले आयोजना गर्दै खिचडी (माघी) महोत्सव

MadhesKhabar

वीरगन्जसहित मधेसभर छठको तयारी सुरु,बजारमा किनमेल गर्नेहरुकाे चहलपहल

MadhesKhabar

आज विश्वकर्मा पूजा

MadhesKhabar

Leave a Comment