Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जको रामजानकी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन सदनमा आवाज उठाउँछु : प्रदीप यादव

वीरगन्ज,८माघ:वीरगन्ज महानगरपालिका – १० घडिअर्वास्थित रामजानकी मन्दिरमा भगवान् श्री राम, माता सिता, भगवान् लक्ष्मण र भगवान् हनुमानको मूर्ति स्थापना गरेर प्राण प्रतिष्ठा गर्न साेमबार निकालिएको वृहत् शोभा तथा कलश यात्रामा पूर्व मन्त्री प्रदीप यादवलेपनि सहभागिता जनाएका छन् ।

भारतको उत्तर प्रदेश राज्यस्थित भगवान् श्री रामको जन्मभूमि अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलल्लाको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठा भएको दिन नै पारिएको रामजानकी मन्दिरको प्राण-प्रतिष्ठा पूर्व भएको शोभा तथा कलश यात्रामा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक समेत रहेका यादवले सहभागिता जनाएका हुन् ।

वीरगन्ज महानगरपालिका – १० घडिअर्वा पोखरीबाट निकालिएको शोभा यात्रामा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवसँगै वीरगन्जका मेयर राजेशमान सिंह लगायताले पनि सहभागिता जनाएका थिए । शोभा यात्रा पश्चात् मन्दिरमा प्राण प्रतिष्ठाका लागि गरिएको पूजनमा पनि यादवले सहभागिता जनाएर देश र देशवासीको कल्याणका लागि प्रार्थना गरेका थिए ।

प्रार्थना पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै यादवले  रामजानकी मन्दिरलाई अतिक्रमण मुक्त गराएर वीरगन्ज महानगरपालिकाले नगरवासीलाई एउटा ठूलो उपहार दिएको बताए । उनले अन्य मठमन्दिरहरूमा समेत माफियाहरूले कब्जा जमाएर राखेको बताउँदै सम्पूर्ण धार्मिक स्थललाई जनताको साझा सम्पत्ति बनाउनुपर्ने धारणा राखे ।

अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठाका दिन नै वीरगन्जमा समेत मन्दिरको प्राण प्रतिष्ठा हुने ऐतिहासिक कार्य भएको बताउँदै उनले यसको प्रवर्द्धन तथा संरक्षणका लागि संघ र प्रदेश सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।राम जानकीमन्दिरलाई एउटा राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले सदनमा समेत आवाज उठाउने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

Related posts

मधेसको भैयादुज: जिअ भइया लाख बरिस

MadhesKhabar

जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच १३ बुँदे सहमति, `हिन्दु राष्ट्र´काे विषय पनि सहमति पत्रमा उल्लेख

MadhesKhabar

हिन्दु स्वयंसेवक संघद्धारा वीरगन्जको पन्चमुखी हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसा पाठ

MadhesKhabar

Leave a Comment