Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

हिन्दु स्वयंसेवक संघद्धारा वीरगन्जको पन्चमुखी हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसा पाठ

वीरगन्ज,२बैशाखःवीरगन्जको रेल्वेरोडमा रहेको पन्चमुखी हनुमान मन्दिरमा मंगलबार सामुहिक हनुमान चालीसा पाठ गरिएको छ ।हिन्दु स्वयंसेवक संघ नेपाल र वीरगन्ज कुम्हालटोलका युवाहरुले पन्चमुखी हनुमान मन्दिरमा मंगलबार २१ औं साप्ताह सामुहिक हनुमान चालीसा पाठ गरेका हुन् ।

सनातन हिन्दु धर्मप्रति आस्था राख्ने वीरगन्जका युवा तथा श्रद्धालु भक्तजनहरुले उक्त मन्दिरमा विगत २१ हप्तादेखि मंगलबारका दिन हनुमान चालिसा पाठ गर्दै आएकाम छन् । गत मंसिर ११ गतेदेखि हरेक मंगलकार दिन सामुहिक हनुमान चालिसा पाठ गर्दै आएको आयोजक अमर सरार्फले बताए ।

उनका अनुसार गत मंसिर ११ गते देखि प्रत्येक मंगलबारका दिन बिहान ८ बजे देखी सामुहिक हनुमान चालिसा पाठ गरेर त्यसपछि प्रसाद वितरण गर्ने गरिएको छ । सनातन धर्म जोगाउनका लागि हिन्दुहरु एक छन् भन्ने सन्देश दिन सामुहिक हनुमान चालिसा पाठ गर्ने गरिएको उनले बताए ।

Related posts

पर्सा २ मा चौरसियाको जनलहर : एमालेका प्रभावशाली युवा नेताहरु काँग्रेसमा प्रवेश

MadhesKhabar

नारायणी अस्पतालकाे एमआरआई सेवा सञ्चालनमा आएकाे ६ महिना नबित्दै अवरुद्घ 

MadhesKhabar

महानगरले फोहोर थुपारेपछि टेलिकमले थाल्यो सडक र फुटपाथ मर्मतको काम

MadhesKhabar

Leave a Comment