Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

जनकपुरमा सरकार र संयुक्त हिन्दु मोर्चाबीच १३ बुँदे सहमति, `हिन्दु राष्ट्र´काे विषय पनि सहमति पत्रमा उल्लेख

तस्बिर : शैलेन्द्र महताे ।

जनकपुर,१६साउन:जनकपुरमा भएको सरकारी पक्ष र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच सहमति भएको छ ।

शनिबार बेलुकी भएको दुई चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।

वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित १३ बुँदे मागपत्र राखेका थिए ।साेही अनुसार नेपाल सरकारले काम गर्नेगरी दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी झाले जानकारी दिए ।

सुनसरी घटनापश्चात मधेसमा उत्पन्न तनाव कम गर्दै आपसी शान्ति, सद्भाव, सहिष्णुता कायम गर्न नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङसहित मधेस प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरूबीच वार्ता भएको हो ।

यसअघि शनिबार दिउँसो पनि पहिलो चरणमा वार्ता भएको थियो । जसमा आन्दोलनरत पक्षले आफ्ना मागहरू राखेका थिए ।

१३ बुँदे मागमा हिन्दू राष्ट्रको विषय पनि उल्लेख छ । त्यसमा थप छलफल गर्न सरकारलाई ३ महिनाको समय दिएर सहमति जुटेको बताइएको छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्ज महानगरका सरसफाइ कर्मचारीहरु आन्दोलन स्थगित गरेर काममा फर्किए

MadhesKhabar

मधेस सरकारले कृषि क्षेत्रका लागि छुट्यायो ३ अर्ब ७० करोड बजेट

MadhesKhabar

दशैंमा वीरगन्जको व्यपार सुनसान , रक्सौलको बजार गुल्जार

MadhesKhabar

Leave a Comment