Madhes Khabar
सुदूरपश्चिम प्रदेश

गाडी दुर्घटनामा कानुनमन्त्री सिंहसहित ३ जनाको मृत्यु

बझाङ, ५ असार : बझाङमा मंगलबार भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनकी पत्निसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंह, उनकी पत्नि अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज लगिएको थियो । सिंहसँगै नेपालगञ्ज लगिएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो ।

Related posts

बाल सुधार गृहमा झडप हुदाँ १ जनाकाे मृत्यु, ११ जना घाइते

MadhesKhabar

दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका सालाकाे मृत्यु

MadhesKhabar

नक्कली नोट र अफिमको कारोबार गर्ने पत्रकारसहित ५ जना पक्राउ

MadhesKhabar

Leave a Comment