काठमाडौं ,४असार: संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले सो फास्ट ट्रयाक निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको बताए ।
अब लामो समय नलगाउने गरी महँगो लागतमा भएपनि तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ ।
‘फास्ट ट्रयाकको लागत र समय बढेको छ, तर अब सरकारले समय निर्धारण गरेको छ’ उनले भने ‘वि.सं. २०८३ भित्र महँगो नै भएपनि निर्माण गर्ने योजना बनाएका छौं ।’
समयमै फास्ट ट्रयाक निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिएपनि विभिन्न कारणले ढिला भएको उनको भनाइ छ ।साभार:इकान्तिपुर

