वीरगन्ज ,२असार : कानु समाज नेपाल पर्साको पहिलो बैठक शनिबार वीरगन्जमा सम्पन्न भएकाे छ ।
वीरगन्जकाे घडीअर्वास्थित शिवपार्वती अतिथि सदनमा सम्पन्न बैठकले वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानुलाई सम्मानित गरेकाे छ । वडाअध्यक्ष कानुलाई दाेशल्ला ओढाएर कदरपत्र प्रादन गरि सम्मानित गरिएको हाे ।
यस्तै बैठकले समाजकाे जिल्ला कार्यसमितिको सल्लाहकारमा पुर्व अध्यक्ष रामबाबु प्रसाद साह, भरत साह कानु, अकिलेश साह कानु र प्रभेन्द्र साह कानु मनोनित गरेकाे छ । यसैगरि जिल्ला सदस्यमा जिराभवानी गाँउपालिकाका कृष्ण मोहन साह र छिपहरमाई गाउँपालिकाका रामेश्वर साह कानुलाई मनाेनित पनि गरेकाे छ ।
बैठकले समाजकाे वीरगन्ज महानगर अधिवेशनकाे तयारीका लागि सोनालाल गुप्ताको संयोजक्तवमा ११ सदस्यीय तयारी समिति गठन पनि गरेकाे छ । तयारी समितिकाे वीरगन्ज ४ का वडाअध्यक्ष जगत साह कानु , वीरगन्ज १२ का वडाअध्यक्ष सुरेश साह कानु, वीरगन्ज ८ का वडाअध्यक्ष रितेश गुप्ता, वीरगन्ज १० का वडाअध्यक्ष सुशिल साह कानु, जियालाल गुप्ता, राजशंकर साह कानु, राजिन्द्र साह कानु, छोटेलाल साह कानु, दिपक साह कानु र विवेक कुमार गुप्ता रहेका छन् ।
कानु समाजका जिल्ला अध्यक्ष लक्ष्मणा साह कानुकाे अध्यक्षता तथा केन्द्रिय अध्यक्ष किशोरी साह कानुको विशेष उपस्थितिमा बसेको बैठकको सहजीकरण समाजका सचिव श्रवण प्रसाद साह गरेका थिए ।

