Madhes Khabar
समाज

बहुदरमाईमा जनचेतनामुलक सडक नाटक प्रदर्शन

वीरगन्ज ,३१जेष्ठ : पर्साकाे बहुदरमाई नगरपालिकाका विभिन्न वडामा महिला हिंसा र बालविवाह विरुद्धको जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएकाे छ ।

बहुदरमाई नगरपालिकाकाे आर्थिक सहयाेग र सृजनशिल शिक्षा विकास केन्द्र पर्साको आजोजनामा वडा नम्बर ३,४,५ र ७ मा सडक नाटक प्रदर्शन गरिएको हाे ।

सडक नाटकको उदघाटन गर्दै बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साहले समाजमा विद्यमान महिला हिंसा , बाल विवाह , दाईजो जस्ता कुरिती र कुप्रथा अन्त्यका लागि सबै लाग्नुपर्ने बताए । उनले यस्ता कुरिती र कुप्रथा विरुद्ध समाजमा जनचेतना फैलाउने कार्यमा सडक नाटक उपयुक्त माध्यम भएकाे बताए ।

त्यसअवसरमा संस्थाकी सुस्मिता चौधरी, स्थानीय समाजसेवी विपिन यादव, जसपा नगर कमिटी सदस्य प्रमोद यादव,समाजसेवी ओकील यादव लगाएतको पनि उपस्थित रहेको थियो ।

Related posts

जन सेवाको पहलमा तीन जनाको निशुल्क शल्यक्रिया

MadhesKhabar

रेडक्रस रेशमकाेठी उपशाखाकाे सभापतिमा आस्वानी सर्वसम्मत चयन

MadhesKhabar

मृगौला रोगबाट पिडित नाबाालक छोराको उपचारमा सहयोग गरि दिन बुबा आमाको गुहार

MadhesKhabar

Leave a Comment