Madhes Khabar
राजनीति

पर्साका जनतालाई सर्वसुलभ खानेपानीको व्यवस्था गराउने गठबन्धन दलहरुको निर्णय

वीरगन्ज, २५ जेष्ठ : अत्याधिक गर्मी र खडेरीका कारण चापकलहरु सुकेर खानेपानीको अभाव हुन थालेपछि पर्सामा सकृय सत्तागठबन्धनका दलहरुे यसबारे सरकारका विभिन्न निकायमा ध्यानाकर्षण गराउने भएका छन् ।

बिहीबार वीरगन्जस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको गठबन्धन दलको संयुक्त बैठकले गर्मी र खडेरीका कारण चापाकल सुक्न थालेको र यसले जिल्लाभरकै जनजिवन प्रभावित बनेको भन्दै जिल्लावासीलाई सर्वसुलभ खानेपानीको व्यवस्था गराउनका लागि प्रदेश सरकारको खानेपानी मन्त्री , वीरगन्ज महानगरपालिकाका मेयर र वीरगन्जस्थित नेपाल खानेपानी संस्थानका प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

यस्तै बैठकले केहि दिनयता वीरगन्जसहित जिल्लाभर अनियमित विद्युत कटौतीको समस्याले पनि जनजिवन कष्टकर बनाएकाले यसबारेपनि नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुखलाई भेटेर छलफलगरि समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए ।

बैठकले राष्ट्रपतिले प्रमाणीकरण गरि राजपत्रमा प्रकाशस्त समेत भइसकेको नागरिकता ऐन कार्यान्वयनका लागि विभिन्न दबाबमुलक कार्यक्रम गर्ने र वीरगन्जको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन भन्दै अभियन्ताहरुले चलाएको अभियान र आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णयपनि गरेको छ ।

बैठकमा कांग्रेस पर्साका कार्यवाहक सभापति कुर्मी , जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबाबु बैठा, जिल्ला सदस्य सन्तोष पासवान,नेकपा एकिकृत समाजवादी पार्साका अध्यक्ष बालगोपाल थापा , वीरगन्ज महानगर कमिटी अध्यक्ष मनोज चौधरी लगायतको सहभागिता थियो ।

Related posts

पर्सा १ मा कांग्रेस कार्यवाहक क्षेत्रीय सभापितकाे जिम्मेवारी सिंहलाई

MadhesKhabar

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई

MadhesKhabar

बाराकाे फेटामा कांग्रेस लगायतका दलका २०० सय बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment