
वीरगन्ज, २३ जेष्ठः वीरगन्जमा मंगलबारदेखि स्वास्थ्य कार्यालय पर्साको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि दुईदिने अद्यावधिक गोष्ठी आयोजना गरिएको छ ।
पूर्णखोप सुनिश्चितताका लागि सुक्ष्म योजना बनाउने उदेश्यले स्वास्थ्य कार्यालय पर्साले दुईदिने अद्यावधिक गोष्ठीको आयोजना गरेको हो । क्लाशीक बैंकेटको सभाकक्षमा मंगलदेखि सुरु गोष्ठीमा पर्साका ७ वटा पालिकाका स्वास्थ्यकर्मीहरुको सहभागीता छ ।
गोष्ठीमा ठोरी , जिराभवानी , जगनरनाथपुर , पटेर्वासुगौली र सखुवा प्रसौनी गाँउपालिका तथा पर्सागढी र पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका साथै ती पालिकामा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गरि ५४ जनाको सहभागीता रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
दुर्ईदिनसम्म चल्ने उक्त गोष्ठीमा पालिकामा रहेका हरेक स्वास्थ्य संस्थामा खोप तथा खोपजन्य सामाग्री माग गर्न स्वास्थ्यकर्मीहरुलाई सक्षम बनाउने विषयमा प्रशिक्षणपनि दिइने ठाकुरले बताए ।
गोष्ठीमा सहभागीहरुलाई स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह, जनस्वास्थ्य अधिकृत ठाकुर र मोहनलाल साहले सहजीकरण गरिरहेका छन्।

