Madhes Khabar
समाचार

पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गर्ने ७ जना पक्राउ

वीरगन्ज ,२३जेष्ठ :पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गरेर उपभाेग गर्ने ७ जनालाई नेपाल विद्युत प्राधिकरणकाे विद्युत चुहावट नियन्त्रण टाेलीले पक्राउ गरि प्रहरीकाे जिम्मा लगाएकाे छ ।

विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट साेमबार राति सुरक्षाकर्मीसहित खटिएको विद्युत चुहावट नियन्त्रण टाेलीले ग्रामिण भेगका विभिन्न गाँउबाट ७ जनालाई नियन्त्रणमा लिएको हाे ।

विजुलीकाे पाेलमा सिधै तार हुकिङ्ग गरेर विद्युत प्रयाेग गरिरहेमाे अवस्थामा बागेश्वरी गाउँबाट ३ जना, भेलाहा गाँउबाट २ जना तथा कट्टीबलुवा र नगरदाहा गाउँबाट १/१ जना गरि ७ जनालाई नियन्त्रणमा लिइएकाे प्राधिकरण पाेखरिया वितरण केन्द्रकाे विद्युत चुहावट नियन्त्रण टाेलीका ईन्चार्ज सद्दाम हुसेनले जानकारी दिए । त्यसक्रममा ३ थान विद्युतीय माेटरपनि बरामद गरिएको उनले बताए ।

नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहीका लागि मंगलबार बिहान ईलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएको हुसेनले जानकारी दिए ।

Related posts

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

MadhesKhabar

बारामा नाबालिकासंग विवाह गर्न आएका चिनियाँ नागरिकसहित ३ जना पक्राउ

MadhesKhabar

वीरगन्ज भन्सारबाट सशस्त्र प्रहरीद्वारा हुण्डीकाे ९ लाख रकमसहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment