Madhes Khabar
शिक्षा हेडलाइन

बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई उपकार सेवा नेपालको सहयोग

वीरगन्ज, १७ जेष्ठ : पर्साको एक परोपकारी संस्थाले ग्राममीण भेगका विपन्न र दलित समुदायका बालबालिकालाई निशुल्क ट्युसन पढाउने संस्थालाई विभिन्न सामाग्री सहयोग गरेको छ ।

उपकार सेवा नेपालले पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा दलित र विपन्न समुदायका बाललबालिकालाई निशुल्क ट्युसन पढाउँदै आएको दलित उत्थान समुदायिक समुहलाई सहयोग गरेको हो ।

पोखरियामा दलित उत्थान समुदायिक समुहले विपन्न र दलित समुदायका करिब एक सय बालबालिकालाइ आफ्नै व्यवस्थापनमा शिक्षिका राखेर निशुल्क ट्युसन पढाउँदै आइरहेको छ ।

उपकार सेवा नेपालले उक्त सस्ंथालाई व्हाइट बोर्ड २ थान, मार्कर १ प्याकेट, डस्टर २ थान, स्ट्यान्ड पंखा २ थान, कपि ,कटर,पेन्सिल,इरेजर लगायतका सामग्रीहरु सहयोग गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगी ,सदस्यद्वय सुमन बगेडिया र अन्कुर शर्माले दलित उत्थान समुदायिक समुहका कोषाध्यक्ष जादोलाल राम, सचिव रमेश्वर राम तथा ट्युसन पढाउने शिक्षिकाद्वय पूजा कुमारी राम र फूलकुमारी देबि रामलाई ती सामग्री हस्तान्तरण गरेको थारुले बताए ।

 

Related posts

कृषि उद्यममा लागेका पटेललाई प्रोत्साहित गर्न मेयर सिंहसहितकाले रोपिदिए ५ हजार फुलको विरुवा

MadhesKhabar

किसान श्रेष्ठ विरुद्ध प्रचार गरेका काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

MadhesKhabar

वीरगन्जमा फेरि लाग्ने भयो ‘रात्रि बजार’

MadhesKhabar

Leave a Comment