
वीरगन्ज, १४ जेष्ठ : वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले मधेस प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई भेटेर वीरगन्जको विकासका लागि सहयोग मागेका छन् ।
आइतबार जनकपुरधामस्थित मन्त्रालयमै मन्त्री यादवलाई भेटेर उपमेयर आलमले बधाई दिदैं वीरगन्जको विकासका लागि प्रदेश सरकारबाट बजेट र योजनाका लागि माग गरेका हुन् ।
जवाफमा मन्त्री यादवले मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारको आगामी बजेटमा वीरगन्जका लागि बजेट दिने आश्वासनपनि दिए ।
त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल , नेपाली कांग्रेसका युवा नेता नवीन सिंह, फिरोज आलम, धर्मराज यादव,उपमेयर आलमका प्रेस सल्लाहकार महम्मद सद्धाबको पनि उपस्थिती थियो ।

