Madhes Khabar
अर्थतन्‍त्र

विमस्टेक सम्मेलनमा भाग लिन उद्योगमन्त्री रिजाल भारत जाने

वीरगन्ज, १४ जेष्ठ : भारतमा यहि जेष्ठ ३० देखि ३२ गतेसम्म हुने विमस्टेक व्यापार सम्मेलनमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल सहभागी हुने भएका छन् ।

मन्त्रिपरिषद् बैठकले विमस्टेक सम्मेलनका लागि मन्त्री रिजालको भारत भ्रमण स्वीकृत गरेको हो ।मन्त्रिपरिषदको बैठकले जेठ ३० देखि ३२ भारतको कोलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै मन्त्रिपरिषद बैठकले तनहुँ जलविद्युत आयोजना ऊर्जा प्रणाली विस्तार आयोजना, ग्रिड विकास र नेपाल वितरण प्रणाली स्तरोन्नति र विस्तार आयोजनाका एलआइविआर सन्दर्भ र दर निर्धारणअनुसार ब्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरवार्ड लुकिङ टम्स एसओएफआरका आधारमा ब्याजदर निर्धारण गर्नेगरी वित्तीय सम्झौतामा संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णयपनि गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।

 

Related posts

४३ कराेड महशुल नतिरेकाे हुलास स्टिलकाेपनि बिजुली लाइन काटियाे

MadhesKhabar

सिमेन्टको मूल्य दोब्बरले बढेपछि बारा–पर्सामा निर्माण कार्य प्रभावित

MadhesKhabar

जेनजी आन्दोलनका कारण वीरगन्ज भन्सारलाई राजस्व संकलनमा १ अर्ब ५३ करोड घाटा

MadhesKhabar

Leave a Comment