Madhes Khabar
अर्थतन्‍त्र

फेरि बढ्याे पेट्रोल र डिजेलको मूल्य

काठमाडौं,१६असार : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाउने निर्णय गरेको हो।

 

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ।

 

नयाँ मूल्य साेमबारराति १२ बजेदेखि लागू हुने छ।

Related posts

कृषि विकास बैंक नाम जस्तै कृषकको बैंक हुनुपर्छ : अध्यक्ष अग्रवाल

MadhesKhabar

पेट्रोलियम पाइपलाइनबाट पेट्रोलकाे आयात चैतदेखि सुरु गर्ने लक्ष्य

MadhesKhabar

वीरगन्जमा मधेस प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन’ आयोजना हुदैं

MadhesKhabar

Leave a Comment