Madhes Khabar
स्थानिय हेडलाइन

महानगरपालिकाकै काममा घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ २ घण्टा सीडीओको नियन्त्रणमा

वीरगन्ज, २० बैशाख : जिल्ला प्रशासन कार्यालय पर्साले नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका भित्रका सार्वजनिक ऐलानी जग्गा नाप जाँच गर्न प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बसेको बैठकले गरेको निर्णय अनुसार काम गर्न आलटाल गर्नुका साथै घुस(आर्थिक लाभ) माग गरेपछि नापी प्रमुख श्रेष्ठलाई बुधबार जिल्ला प्रशासन कार्यालयमा २ घण्टा नियन्त्रणमा राखिएको हो ।

एक महिना पहिले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णय बमोजिम महानगरमा रहेका ऐलानी जग्गा नापजाँच गरिदिन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पटक पटक आग्रह गर्दा पनि नापी प्रमुख श्रेष्ठले अटेर गर्दै आएका थिए ।मेयर सिंहले प्रमुख जिल्ला अधिकारीलाई काम गर्न आलटाल गरेको र घुस माग गरेको जानकारी दिएसँगै बुधबार नापी प्रमुख श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा राखिएको हो ।

नापी प्रमुख श्रेष्ठले आमसेवाग्राहीलाई पनि दुःख दिने, घुस माग गर्ने गरेको सूचना आफूसँग आएको र मेयरले नै यसबारे जानकारी गराएपछि आफूले नापी प्रमुख श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।
मेयरले भनेको काम गर्न विभिन्न बहाना बनाउने श्रेष्ठले सर्वसाधारण सेवाग्राहीलाई झनै झुलाउने गरेको यसैबाट बुझ्न सकिने रेग्मीले बताए ।

नापी प्रमुख श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा लिएको र मेयर सिंहसँग सहमति भए पछि श्रेष्ठलाई छाडिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । महानगर अन्तर्गतको नगर विकासको जग्गामा रहेको सडकको नापजाँच १ हप्ता भित्रमा सक्ने सहमति पछि नापी प्रमुख श्रेष्ठलाई छाडिएको हो ।आउँदा दिनमा सेवाग्राहीलाई झुलाउने र दुःख दिने प्रवृत्ति नदोहोर्याउने कागज बनाएर श्रेष्ठलाई छाडिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

यता मेयर सिंहले नापी प्रमुख श्रेष्ठले प्रमुख जिल्ला अधिकारीकै रोहबरमा भएको निर्णय बमोजिम काम गर्न आलटाल गरेपछि कारबाहीका लागि आाफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताए ।उनले श्रेष्ठले घुस मागेको अडियो आफुसंग सुरक्षित रहेको र उक्त अडियो प्रजिअलाई पनि उपलब्ध गराएको बताए ।

,

Related posts

सडक खनेर अलपत्र पारेपछि वीरगन्ज महानगरको आक्रोश : टेलिकममा लगेर फाल्यो फोहोर

MadhesKhabar

वीरगन्ज नाकाबाट दुई सातामा ७३ लाख ७० हजार मुल्यको गोलभेंडा भारत निर्यात

MadhesKhabar

परवानीपुर गोल्डकप फुटबल फागुन २७ देखि

MadhesKhabar

Leave a Comment