Madhes Khabar
अर्थतन्‍त्र

नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिकाे संयाेजकमा डा. गुप्ता

वीरगन्ज ,२०बैशाख : वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डाक्टर सुबाेध कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिकाे सभापतिमा मनाेनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका गुप्ताले महासंघको व्यापार समिति सभापतिकाे महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिकाे बैशाख ३ गते बसेकाे पहिलाे बैठकले दिएकाे अख्तियारी अनुसार महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको विधान ३८(ग) अनुसार व्यपार समितिकाे सभापतिमा गुप्तालाई बैशाख १५ गते मनाेनित गर्दै जिम्मेवारी दिएका हुन् ।

वीरगन्जका खाद्यान्न उद्योगी गुप्ता नेपाल दाल चामल तथा तेल उद्योगका केन्द्रीय अध्यक्ष पनि हुन् ।

Related posts

वीरगन्ज महानगरले एक वर्षमा उठायो ६१ करोड ४७ लाख राजश्व

MadhesKhabar

आज पनि घट्यो सुनचाँदीको भाउ

MadhesKhabar

सुन ताेलाको मूल्य एक लाख नजिक

MadhesKhabar

Leave a Comment