Madhes Khabar
अर्थतन्‍त्र समाचार

आज पनि घट्यो सुनचाँदीको भाउ


वीरगंज ६ , फागुनः नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । सोमबार र मंगलबार घटेको सुनको भाउ बुधबार पनि १ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ४ सय रुपैयाँ कायम छ । हिजो मंगलबार सुन तोलामा ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

सदस्यता विवाद नसुल्झिएसम्म पर्सामा पत्रकार महासंघको चुनाव हुन नदिने चेतावनी

MadhesKhabar

दिपावलीमा चीन र भारतबाट ४५ करोडको झिलिमिली विधुतीय बत्ती आयात

MadhesKhabar

वीरगन्जमा वृक्षारोपण गरेर मनाइयो निजामती सेवा दिवस

MadhesKhabar

Leave a Comment