Madhes Khabar
कृषि

सखुवा प्रसाैनीमा दूध डेरी सञ्चालन , अध्यक्ष यादवले गरे उद्घाटन

वीरगन्ज ,१६बैशाख :पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ महुवन साेलखपुरमा दुध संकलन केन्द्र ( दूध डेरी)सञ्चालनमा आएको छ ।

अटल कृषि सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएकाे दूध डेरीकाे शनिबार सखुवा प्रसाैनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका हुन् ।

दूध डेरीकाे उद्घाटन गर्दै अध्यक्ष यादवले किसानको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्ने गाउँपालिकाको पनि उद्देश्य रहेको बताउँदै गाउँपालिकाले पनि सहकारी संस्थासंग समन्वय र सहकार्य गर्ने बताए । दुध डेरी सञ्चालनमा आएसँगै स्थानीय पशुपालक किसानहरु दुध उत्पादनमा अझ प्रेरित हुने विश्वास लिएको अध्यक्ष यादवले बताए ।

दुग्ध विकास संस्थान (डिडिसी) हेटौडाका प्रमुख नविन शर्माका अनुसार उक्त डेरीले किसानबाट संकलन गर्ने दुध डिडिसीले नै खरिद गर्नेछ । दुध उत्पादन गरेरै राम्रो आम्दानी गर्न सकिने बताउँदै शर्माले दुध उत्पादन बढाउन कृषकहरुलाई आग्रह पनि गरे ।

उद्घाटन कार्यक्रममा डिडिसीका संकलन प्रमुख रुपलाल यादव, सखुवाप्रसौनी गाउँपालिकाकाे कृषि शाखाका दयाराम वाग्ले लगायत स्थानीय पशुपालक किसानहरुको पनि उपस्थिती रहेको थियो ।

दैनिक पाँच सय लिटर दुध संकलन गर्दै आएको कृषि सहकारी संस्थाले यही महिनाभित्र १५ सय पु¥याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष दिपेन्द्र महतो कोइरीले जानकारी दिए ।

Related posts

किसानलाई बजारको भन्दा आधा भाउमा गँहुको बीउ बाँड्दै वीरगन्ज महानगर

MadhesKhabar

चैते धानबालीका लागि ३० हजार मेट्रिक टन युरिया मल एक सातामा आउदै

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि महावीर पुनले किताब बेचेर जुटाए १६ करोड बढी रकम

MadhesKhabar

Leave a Comment